कुखुरा सहित पोषण सामग्रीको प्याकेट बोकेर फुङलिङ–८ का जनप्रतिनिधि सुत्केरीका घर–घरमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २५ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ का जनप्रतिनिधिहरु पोषण सामग्री बोकेर वडाभरीका सुत्केरी सदस्य सम्म पुग्न थालेका छन् ।

वडाले सुत्केरी सदस्यलाई पोषण सामग्री र मृतक परिवारका सदस्यलाई क्रियाखर्च उपलब्ध गराउने गरी चालू आवका लागि बजेट बिनियोजन गरेको छ । पूर्व स्वीकृत र घोषित कार्यक्रम अनुसार चालू आवको स्वीकृत बार्षिक बजेट कार्यान्वयनमा ल्याउने क्रममा सुत्केरीलाई घर–घरमै पुगेर पोषण सामाग्री बितरण गर्न थालिएको फुङलिङ नगरपालिकाको सामाजिक विकास समितिका संयोजक समेत रहनु भएका वडाध्यक्ष क्षितिज सुनुवारले जानकारी दिनुभयो ।

वडाभरीका सुत्केरीहरुलाई जनही ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री लिएर वडाका पदाधिकारीहरु सुत्केरी सदस्यको घर–घरमै जाने कार्यक्रम आव २०८१।८२ को बजेटमा स्वीकृत गरेको छ । एउटा कुखुरा,घिउ,अण्डा,हर्लिक्स,चना,मटर,ज्वानो,तेल सहित,साबुन सहितका सामग्रीको प्याकेट लिएर वडाका जनप्रतिनिधिहरु स्वास्थ्यलाभको कामना सहित सुत्केरी सदस्यकै घरमै पुग्न थालेका हुन् । वडाले वडाभरीका नागरिक मृत्यु भएमा काजक्रिया अवधिमै मृतक सदस्यका आफन्तलाई नगद १० हजार रुपैयाँ समेत सहयोग गर्ने कार्यक्रम तय गरेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts