केवलकार सहितका विकास निर्माणमा ‘युवाहरुको साथको सन्देश दिन’ ताप्लेजुङमा निकालियो मोटरसाइकल र्‍याली

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २३ । पाथीभरा क्षेत्रको केवलकार सहित विकास निर्माणमा अवरोध हुन नहुने आशय सहित ‘विकासमा युवाको साथ’को सन्देश दिन ताप्लेजुङमा आइतवार बृहत्त मोटरसाइकल र्‍याली निकालिएको छ ।

र्‍याली सहभागीहरुले पाथीभरा क्षेत्रमा तत्काल केवलकार निर्माण प्रकृयाको थालनी हुनुपर्ने माग सहित नाराबाजी समेत गरेका थिए ।‘ विकास निर्माणका काममा अवरोध गर्ने नभई नागरिकहरुले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने देखेर स्फुर्त रुपले र्‍यालीमा सहभागी भएका हौं’सहभागीमध्येकी एक मिना गुरुङले भन्नुभयो । पाथीभरा क्षेत्रमा केवलकार निर्माणका लागि पूर्ण रुपमा युवाहरुको साथ र सहयोग छ भन्ने पुष्टीका लागि आफुहरु र्‍यालीमा गएको सहभागीले दावी गरेका छन् ।

केहिदिन अघि मात्र पाथीभरा आफ्नो पालिकाको क्षेत्रमा पनि पर्ने भन्दै सिरिजङ्गा गाउँपालिकाले विज्ञप्तिमार्फत पाथीभरा क्षेत्रमा केवलकार बन्नुपर्ने तर त्यसको राजश्वमा आफुहरुलाई पनि हिस्सेदार बनाउनुपर्ने माग गरेको थियो । सिरिजङ्गाले केवलकारलाई ‘विकसित युगको विकासको आवश्यकता’संज्ञा दिएको छ । पाथीभरा(मुक्कुम्लुङ)दर्शन केवलकार प्रालिले पाथीभरा क्षेत्रमा केवलकार निर्माणका लागि अनुमति पाएको छ । केवलकार निर्माणले धार्मिक तथा वातारणीय अतिक्रमण हुने भन्दै पहिचान पक्षधरहरु केवलकार निर्माणको विपक्षमा छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts