| |

फुङ्लिङ नगरपालिकाद्वारा असल बुहारीलाई सम्मान

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २१ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले असल बुहारीलाई सम्मान गरेको छ । तिज पर्वको अवसरमा शुक्रबार आयोजित कार्यक्रमकाबिच फुङ्लिङ नगरपालिकाले दुईजना असल बुहारीलाई सम्मान गरेको हो ।
फुङ्लिङ नगरपालिकाले नगरपालिकाभित्र असल बुहारीको भूमिका निर्वाह गर्ने दुईजना गृहिणी महिलालाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको हो । सम्मानित हुनेमा फुङ्लिङ नगरपालिका–९ हाङ्देवाका सीमा गौतम (अधिकारी) र गीतादेवी भट्टराई रहनुभएको छ ।
सम्मानित असल बुहारी सीमा र गीतादेवीलाई नगर प्रमुख अमिर मादेन र उपप्रमुख भीमादेवी ओझाले संयुक्त रुपमा सम्मान गर्नुभयो । बुहारीको भूमिका निर्वाह गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गरिरहेको मूल्यांकन गरी उहाँहरुलाई सम्मान गरेको उपप्रमुख ओझाले बताउनुभयो ।
कतिपय परिवारमा बुहारी र अन्य सदस्यका कारण औंल्याउँदै पारिवारिक बिग्रह तथा समस्या आउने गरेको वा घटना हुने गरेको अवस्थामा असल बुहारीका रुपमा गृहिणी महिलालाई गरिएको सम्मानले समाजमा सकारात्कक सन्देश दिने विश्वास राखिएको ओझाको भनाइ छ । यता नगरपालिकाले आयोजना गरेको तिज विशेष कार्यक्रममा विभिन्न आमा तथा महिला समूहबिच नृत्य प्रस्तुतति र सचेतनामुलक नाटकसमेत प्रर्दशन गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts