ताप्लेजुङको तिरिङ्गेमा आगलागी,दुईघर जले

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेको खानी भन्ने स्थानमा बिहीबार भएको आगलागीमा दुईवटा घर जलेर नष्ट भएका छन् ।

स्थानीय देउमान बिष्टका अनुसार देवीप्रसाद इजम र डम्बरबहादुर इजमका घर जलेर नष्ट भएका हुन् ।

विद्युत सर्ट भइ आगलागी भएको हुनसक्ने स्थानीयले अनुमान लगाएका छन् । घर,अन्नपात,लत्ताकपडा सबै जलेर नष्ट भएको स्थानीयले जनाएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts