बिङ्गो खेलको ‘फुल हाउस’ बारे बोल्यो वीरेन्द्र यूवा क्लव,भन्यो ‘मंगलवारको खेल बारे गरिएका टिका टिप्पणी निराधार’

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ १२ । ताप्लेजुङस्थित वीरेन्द्र यूवा क्लव फुङलिङले मंगलवार साँझ खेलाईएको बिङ्गो(हाउजी) मा ‘फुल हाउस’ बारे गरिएका टिका टिप्पणीको खण्डन गर्दै त्यस्ता टिप्पणीहरु निराधार रहेको बताएको छ ।

भदौ ११ गते साँझ खेलाईको बिङ्गो खेलको ‘फुल हाउस’नतिजाका सम्वन्धमा सामाजिक सञ्जालमा गरिएका टिप्पणीप्रति दुःख व्यक्त गर्दै क्लवले बुधवार पत्रकार सम्मेलनमार्फत खेल निश्पक्ष रहेको र कुनै शंका गर्ने ठाउँ नरहेको दावी गरेको छ । क्लवका अध्यक्ष लक्ष्मीप्रसाद काफ्ले र सचिव दिनेश खवासद्धारा हस्ताक्षरित विज्ञप्तिमा मंगलवारको खेलमा हाउस फुल’ पारेका दुईव्यक्ति फुङलिङ नगरपालिका ८ दोखु निवासी पवित्रा पालुङ्वा र मोरङ निवासी सरोज विक रहनु भएको र उहाँहरुसंग क्लवको कुनै सम्वन्ध नरहेको दावी गरिएको छ । उहाँहरु खेलमा आम सहभागी सरह सहभागी भई संयुक्त रुपमा ‘हाउस फुल’ पार्न सफल हुनु भएको क्लवले बताएको छ ।

मंगलवार साँझको बिङ्गो खेलमा ४० हजार रुपैयाँ ‘हाउस फुल’रहेकोमा दुबैले २०–२० हजार रुपैयाँ पुरस्कार रकम लिएर जानु भएको क्लवले प्रष्ट पारेको छ । क्लवले होहल्लाका बीच बिवादमा ल्याईएको अंक ४५ का सम्वन्धमा सो अंक ननिस्किएको र पुरस्कार रकम पार्ने व्यक्तिको टिकटमा समेत सो अंक नभएको भन्दै ‘हाउस फुल’ पार्ने दुबै व्यक्तिले प्रयोग गरेको भनिएका टिकटको प्रतिलिपि समेत सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका दुबै टिकटमा ४५ अंक नै छैन ।

क्लवका अध्यक्ष काफ्लेले बिङ्गो खेलमा कुनै सेटिङ सम्भव नहुने दावी गर्नुभयो । गलत हल्ला फिजाएर क्लवको प्रतिष्ठामानै आँच आउने गरी टिका टिप्पणी हुनु दुःखद् भएको निश्कर्ष समेत क्लवले निकालेको छ । क्लवले फुङलिङ नगरपालिकामा मनोरञ्जन कर समेत तिरेर गत भदौ १ गतेबाट वीरेन्द्रचौकमा बिङ्गो खेलाउँदै आएको छ । खेललाई थप प्रभावकारी बनाउन वीरेन्द्र चौकमा रहेको बिद्युतीय सूचनापाटी समेतबाट प्रत्यक्ष प्रसारण गर्ने योजना अघि सारिएको र त्यसको सम्भाव्यता अध्ययन भइरहेको समेत क्लवले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts