ताप्लेजुङ गोल्डकपमा क्वाटर फाईनलका खेलको प्रवेश शुल्क अघिल्लो बर्षभन्दा ५४ हजार बढी संकलन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ७ । आयोजक लाखेजात्रा सञ्चालन समितिले दोस्रो ताप्लेजुङ गोल्डकपका क्वाटर फाइनल खेलको प्रवेश शुल्कबाट अघिल्लो बर्ष भन्दा ५४ हजार बढी रकम संकलन गरेको छ ।

लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार अघिल्लो बर्षका ४ क्वाटर फाईनल खेलमा प्रवेश शुल्क वापत ६ लाख ५५ हजार ८ सय रुपैयाँ संकलन भएको थियो । यसबर्षको गोल्डकका क्वाटर फाईनल खेलमा प्रवेश शुल्क वापत ७ लाख ९ हजार ८ सय रुपैयाँ संकलन भएको छ । श्रेष्ठका अनुसार यसबर्ष पहिलो क्वाटर फाइनल खेलमा प्रवेश शुल्क वापत २ लाख २० हजार रुपैयाँ संकलन भएको छ । अघिल्लो बर्ष पहिलो दिन १ लाख ७० हजार ८ सय संकलन भएको थियो । यस्तै यसबर्षको दोस्रो क्वाटर फाईनलमा प्रवेश शुल्कबाट १ लाख ३५ हजार १ सय संकलन भएको छ । अघिल्लो बर्ष १ लाख ३१ हजार ७ सय रुपैयाँ संकलन भएको थियो ।

अघिल्लो बर्षको तेस्रो क्वाटर फाइनलको भन्दा यसबर्षको तेस्रो क्वाटर फाइनल खेलमा प्रवेश शुल्क वापत कम रकम संकलन भएको छ । लाखेजात्रा सञ्चालन समितिका अनुसार उक्तदिन यसबर्ष १ लाख ४० हजार ८ सय रुपैयाँ संकलन भएको छ भने अघिल्लो बर्ष १ लाख ७५ हजार ६ सय रुपैयाँ संकलन भएको थियो । अन्तिम तथा चौथो क्वाटर फाईनल खेलमा यसबर्ष प्रवेश शुल्क वापत २ लाख १३ हजार ९ सय रुपैंयाँ संकलन भएको छ । अघिल्लो बर्ष १ लाख ७७ हजार ७ सय रुपैयाँ संकलन भएको थियो ।

लाखेजात्रा सञ्चालन समितिले क्वाटर फाईनलका चार खेलका लागि जनही एकसय,सेमीफाईनलका दुई खेलका लागि दुईसय र फाइनल खेलका लागि जनही दुईसय पचास रुपैयाँ प्रवेश शुल्क निर्धारण गरेको छ । ताप्लेजुङ गोल्डकप अन्र्तगत शुक्रवारबाट सेमीफाइनल चरणका खेल हुँदैछन् । पहिलो सेमीफाईनल खेलमा शुक्रवार गृहटीम संघर्ष स्र्पोटिङ क्लवले मोरङको सगरमाथा यूथ क्लवसंग प्रतिश्पर्धा गर्दैछ । शनिवार हुने दोस्रो सेमीफाईनल खेलमा झापाको बिर्तामोड युनाइटेड फुटबल क्लवले सिराहाको सलहेश फुटबल क्लवसंग फाइनल यात्राका लागि प्रतिश्पर्धा गर्ने छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts