आमाको जन्मजयन्तीमा छोराबुहारीद्धारा ताप्लेजुङको लिङखिमका बिद्यार्थीलाई सहयोग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३० । जन्मजयन्तीमा आमाको बैकुण्ठबासको कामना गर्दै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम स्थायी घर भई हाल फुङलिङ बस्ने छोराबुहारीले लिङखिमको एक बिद्यालयका बिद्यार्थीलाई सहयोग गर्नु भएको छ ।

आमाको बैकुण्ठबासको कामना गर्दै स्वर्गीय मेनकादेवी अधिकारीका छोरा दिनेश र बुहारी शोभाले लिङखिमस्थित महारानी आधारभूत बिद्यालयका बिद्यार्थीलाई सहयोग गर्नु भएको हो । बिद्यालयका प्रधानाध्यापक सानबहादुर लिम्बूका अनुसार सो बिद्यालयका ३० जना बिद्यार्थीलाई एक–एकथान पुस्तक बोक्ने झोला र दिवाखाजामा प्रयोग हुने एक–एकथान बटुका प्रदान गरिएको छ । उहाँहरुले बिद्यालयका शिक्षक तथा बिद्यार्थीका लागि बुधवारको दिवाखाजा समेतको प्रवन्ध गरिदिनु भएको बिद्यालयले जनाएको छ ।

ताप्लेजुङको उत्तरी क्षेत्रमा शिक्षासेवी परिवारको रुपमा चिनिएको अधिकारी परिवारका अगुवा दामोदर अधिकारी लिङखिमस्थित सिँवा माध्यमिक बिद्यालयका संस्थापक प्रधानाध्यापक समेत हुनुहुन्छ । दामोदरकी धर्मपत्नी मेनकाको गत असार १९ गते ७४ बर्षको उमेरमा निधन भएको थियो । २००७ साल साउन ३० गते जन्मनु भएकी अधिकारीको बुधवार जन्मजयन्ती हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts