ताप्लेजुङमा गतबर्षको मध्य असार देखि मध्य साउन भन्दा यसबर्षको सोहि अवधि तातो,बर्षा भने कम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३० । ताप्लेजुङमा अघिल्लो बर्षको जुलाई(असार १७–साउन १६)महिना भन्दा यसबर्षको जुलाई महिना केहि तातो देखिएको छ ।

अघिल्लो बर्षको जुलाई महिनामा यसबर्षको जुलाई महिना भन्दा जम्मा बर्षा भने केहि बढी भएको छ । जल तथा मौसम विज्ञान विभाग कार्यालय धरान,ताप्लेजुङ फिल्ड कार्यालयका अनुसार सन् २०२४ को जुलाई महिना सन् २०२३ को जुलाई महिना भन्दा औसत अधिकतम् तापक्रम र सबैभन्दा अधिकतम् तापक्रम दुबै हिसावले तातो देखिएको हो । कार्यालयका फिल्ड इञ्चार्ज डेभिट ढकालका अनुसार यसबर्ष गत असार १७ देखि साउन १६ गते सम्मको एक महिनाको औसत अधिकतम् तापक्रम २६.७ डिग्री सेल्सियस रहेको थियो भने । अघिल्लो बर्षको सोहि महिनाको औसत अधिकतम् तापक्रम २५.९ डिग्री सेल्सियस रहेको थियो ।

गत साउन ११(जुलाई २६)मा २८.९ डिग्री सेल्सियस सबैभन्दा अधिकतम् तापक्रम मापन भएको कार्यालयले जनाएको छ । अघिल्लो बर्षको सोहि महिनामा सबैभन्दा अधिकतम् तापक्रम २८.२ डिग्री सेल्सियस मापन भएको थियो । यस्तै यसबर्षको जुलाई महिनाको औसत न्यूनतम् तापक्रम १९.२ डिग्री सेल्सियस मापन भएको छ । अघिल्ला बर्षको जुलाई महिनाको औसत न्यूनतम् तापक्रम १८.१ डिग्री सेल्सियस थियो । यसबर्षको जुलाई महिनामा सबैभन्दा न्यूनतम् तापक्रम गत साउन १६(जुलाई ३१)मा १७.८ डिग्री सेल्सियस मापन भएको छ । अघिल्लो बर्षको जुलाई महिनामा सबैभन्दा न्यूनतम् तापक्रम १६.८ डिग्री सेल्सियस मापन भएको थियो ।

जम्मा बर्षाका हिसावले यसबर्षको जुलाई महिना भन्दा अघिल्लो बर्षको जुलाई महिनामा थोरै परिमाणले बर्षा बढी भएको छ । यसबर्षको जुलाई महिनामा जम्मा ३७०.६ मिलमिटर बर्षा भएको छ । अघिल्लो बर्षको सोहि महिनामा ३७५.९ मिलिमिटर बर्षा मापन भएको छ । यसबर्ष जुलाई महिनामा २४ घण्टाको अवधिमा सबैभन्दा बढी बर्षा असार २३ अर्थात् जुलाई ७ मा भएको कार्यालयको अभिलेखमा उल्लेख गरिएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts