ताप्लेजुङको मेरिङदेन गाउँपालिका सक्फारामा सवारी दुर्घटना,तीन जना घाइते

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २९ । ताप्लेजुङको फुङलिङबाट मेरिङदेन गाउँपालिका वडा नं ६ नाल्बुतर्फ जाँदै गरेको बोलेरो मेरिङदेन गाउँपालिका वडा नं २ साक्फारामा दुर्घटनामा हुँदा ३ जना घाइते घाइते हुनु भएको  छ।

घाइतेहरुलाई उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालतर्फ ल्याईदै गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो । उहाँका अनुसार ग ३ च ९८४७ नं को बोलेरो दुर्घटनामा परेको हो । दुर्घटनामा परी फुङलिङ नगरपालिका वडा नं ४ बस्ने कान्छीमा शेर्पा,उहाँका ३ बर्षिया छोरा पासाङडण्डु शेर्पा र मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा बस्ने २५ बर्षिय उर्मिला लिम्बू घाइते हुनुहुन्छ ।

चालक पेम्बा शेर्पा गाडीबाट निस्की ओट लगाउनको लागि ढुङ्गा लिन गएको अवस्थामा एक्कासी गाडी चिप्ली पछाडि बगेको र बाटो देखी अन्दाजी २० मिटर तल झरी दुर्घटना भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार गाडीमा १० जना सवार रहनु भएको थियो । अरु यात्री सुरक्षित रहनु भएको प्रहरीले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts