फेला परेको सालकलाई उद्धार गरी डिभिजन वन कार्यालयलाई बुझाईयो
उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ८ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ७ ऐश्वर्य चौकस्थित बाटोमा फेला पारेको सालक डिभिजन वन कार्यालयलाई जिम्मा लगाइएको छ ।
सालक फेला पारेपछि स्थानीयले गरेको खबरका आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिइ गएको टोलीले उद्धार गरी डिभिजन वन कार्यालय ताप्लेजुङलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार डिभिजन वन कार्यालय अन्र्तगत पाथीभरा सवडिभिजन वन कार्यालयका कर्मचारीद्धय फुपुग्याबु शेर्पा र अम्बिका बिष्टलाई उक्त सालक जिम्मा लगाइएको हो ।
डिभिजन वन कार्यालय ताप्लेजुङका योजना शाखाका वन अधिकृत(आठौं) परमेश्वर पासवानका अनुसार उक्त सालकलाई प्राकृतिक वासस्थानमा लगेर सुरक्षित छाडिने छ ।