| |

डा. चित्रकुमार माबोको डोलीभर्ना सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ४ । साहित्यकार डा. चित्रकुमार माबोको कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक (विमोचन) गरिएको छ । डा. माबोको कथा सङ्ग्रह डोलीभर्नाको काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार आयोजित कार्यक्रमकाबिच सार्वजनिक गरिएको हो ।
प्रतिनिधिसभा सदस्य तथा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीलगायतले संयुक्त रुपमा कथा सङ्ग्रह डोलीभर्ना सार्वजनिक गर्नुभएको हो । सिरिजंघा गाउँपालिकाका उपाध्यक्षसमेत रहनुभएका साहित्कार माबोको डोलीभर्ना प्रथम कथा सङ्ग्रह हो ।
यता सार्वजनिक गरिएको कथा सङ्ग्रहमाथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र साहित्यकार प्रनिका कोयूले टिप्पणी गर्दै आफ्नो धारणा राख्नुभएको छ । कथा सङ्ग्रहले सामाजिक सद्भाव, समसामयिक विषय र लिम्बू जातिको संस्कार संस्कृति संरक्षण तथा उजागर गर्नमा टेवा पु¥याउने पाइएको टिप्पणीकर्ताले उल्लेख गर्नुभएको छ ।
नेपाली साहित्यमा विद्यावारिधी गर्नुभएका माबोले पूर्वी पहाडको जनजीवन, वर्षौ देखिको सामाजिक सद्भाव, लिम्बू जातिको पवित्र मुन्धुम, संस्कार, संस्कृति तथा समसामयिक विषय समेटेर लेख्नुभएको १५ वटा कथा डोलीभर्नामा समावेश गरिएको छ । डोलीभर्ना कथा सङ्ग्रहलाई साङ्ग्रीला बुक्सले बजारमा ल्याएको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts