|

फुङ्लिङमा पहिरो झरेर घर र गाडीमा क्षति

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार २३ । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पहिरोले एक घर र गाडीमा क्षति गरेको छ । आइतबार दिउँसो माथिदेखि झरेको पहिरोले फुङ्लिङ नगरपालिका–६ बिहीबारे टोलका टासी तेन्जिङ शेर्पाको चारतले पक्की घर र सडकमा रोकी राखेको गाडीमा क्षति पु¥याएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार पहिरोले शेर्पाको घरको भुँइतलाको वाल गारो, रेलिङलगायतमा क्षति गरेको छ । यस्तै शेर्पाको घर नजिक सडकमा रोकी राखेको प्रदेश १–०१–००१ ज ३७३१ नम्बरको बोलेरो गाडी (जिप) लाई क्षति गरेको लुङगेलीले जानकारी दिनुभयो ।
पहिरोसँगै झरेको ढुंगाले लागेर गाडी पूर्णरुपमा क्षति भएको प्रहरी निरीक्षक लुङगेलीले बताउनुभयो । सो पहिरोले घर र गाडीमा क्षति गरे पनि मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts