सिरिजङ्गाले ल्यायो ५३ करोड ७७ लाख २९ हजार रुपैयाँको बजेट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले आर्थिक बर्ष २०८१।८२ का लागि ५३ करोड ७७ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमवार गाउँपालिकाको १५ औं गाउँसभा तथा अधिबेशनको दोस्रो बैठकमा उपाध्यक्ष डाक्टर चित्रकुमार मावो लिम्बूले उक्त बजेट प्रस्तुत गर्नु भएको हो । सिरिजङ्गा गाउँपालिकाले गत जेठ १० गते नै आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरी पारित गरिसकेको थियो । नीति तथा कार्यक्रम पारित भएपछि गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले पालिकाको चालूतर्फ ८२ वटा शीर्षकमा ९ करोड २४ लाख ४३ हजार ८ सय रुपैयाँ बिनियोजन गरेको छ । गाउँपालिका स्तरीय १८ वटा कार्यक्रममा २ करोड बिनियोजन गरेको छ । पालिका स्तरीय कार्यक्रममा सिरिजङ्गा फलफूल जुस उद्योग निर्माण, होमस्टे सञ्चालन अनुदान कार्यक्रम,तरकारी वाली,फलफूल,फूल,किवी नर्सरी निमार्ण कार्यक्रम, माटो ल्याव व्यवस्थापन कार्यक्रम कृषिवालीमा लाग्ने रोग किरा नियन्त्रण तथा सुक्ष्म खाद्य तत्व व्यवस्थापन कार्यक्रम,भेटनरी अस्पताल व्यवस्थापन तथा सञ्चालन कार्यक्रम पशुपंक्षिको औषधि खरिद,गाउँपालिकाको गतिविधि लगायत पर्यटकिय क्षेत्र प्रचारप्रसार,नाईट्रोजन खरिद सहितका कार्यक्रममा समावेश भएका छन् ।

सामाजिक विकासतर्फ ४७ वटा शीर्षकका कार्यक्रममा ३ करोड ७३ लाख ९८ हजार २ सय रुपैयाँ बिनियोजन भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । पूर्वाधार विकासतर्फ २९ वटा योजनामा ४ करोड २५ लाख रुपैयाँ बिनियोजन भएको छ । वन वातावरण तथा विपद् व्यवस्थापनतर्फका ७ वटा योजनामा ७० लाख रुपैयाँ बिनियोजन भएको छ । संस्थागत विकास तथा सेवा प्रवाहतर्फ ८ वटा योजनामा १ करोड २० लाख तथा समुपुरक कोषतर्फ ९० लाख गरी गाउँपालिका स्तरीय योजनामा कूल १२ करोड ७८ लाख ९८ हजार २ सय रुपैयाँ बिनियोजन भएको छ । वडा स्तरीय योजना अन्तरगत वडा नं १ देखि वडा नं ८ प्रत्येकका लागि लागि ३७ लाख ५० हजार रुपैयाँका दरले कूल ३ करोड रुपैयाँ बिनियोजन भएको छ ।

चालू खर्च,गाउँपालिका स्तरीय योजना र वडागत खर्च गरी कूल २५ करोड ३ लाख ४२ हजार रुपैयाँ बिनियोजन भएको छ । नेपाल सरकारबाट सर्शत रुपमा प्राप्त हुने अनुदान रकमबाट २४ करोड ७७ लाख ४९ हजार रुपैयाँ सर्शत कार्यक्रमका शीर्षकमा बिनियोजन भएको छ । नेपाल सरकारबाट प्राप्त हुने बिशेष अनुदानमार्फत तेल्लोक माविमा भवन निर्माणका लागि १ करोेड २५ लाख बिनियोजन भएको छ । यस्तै प्रदेश सरकारबाट प्राप्त हुने दुईवटा योजनामा १ करोड तथा सर्शत अनुदानतर्फ १८ वटा कार्यक्रममा १ करोड ५४ लाख ३ हजार रकम बिनियोजन भएको छ । करुणा फाउण्डेसनमार्फत अपाङ्गता सम्वन्धी कार्यक्रम सञ्चालनका लागि १६ लाख ८५ हजार रुपैयाँ बिनियोजन भएको छ । ह्युमन प्राटिक्स फाउण्डेसन,ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपाल,गतिशिल कोष तथा निर्माण परियोजना र हिमाली संरक्षण मञ्च जस्ता राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाका कार्यक्रम पनि पालिकामा समावेश भएका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts