कार्यालय हिंडेका ताप्लेजुङको आठराई त्रिबेणीका कर्मचारी करेन्ट लागि घाइते

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार २ । आफ्नो घर फुलवारीबाट कार्यालय हाङपाङतर्फ जाँदै गरेका ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाका कर्मचारी दीपक भट्टराई बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लाग्दा गम्भिर घाइते हुनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक कमलकुमार लुङगेलीका अनुसार ४० बर्षिय भट्टराईलाई आफ्नो घरबाट मोटरसाइकलमा कार्यालयतर्फ जाने क्रममा बाटोमा चुँडिएको बिजुलीको तारबाट करेन्ट लागेको थियो ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याईँदै गरेको समेत प्रहरी निरीक्षक लुङगेलीले जानकारी दिनुभयो । उहाँले प्रयोग गर्ने मे१ब ५०७ नम्बरको मोटरसाइकल गाउँ पालिकाको कार्यालयमा लगि राखिएको समेत प्रहरीले बताएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts