| |

मिक्वाखोलामा आगामी नीति कार्यक्रममाथि सुझाव संकलन

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २८ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले आफ्नो नीति कार्यक्रममाथि वडावडामा पुगेर सुझाव संकलन गर्न थालेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति कार्यक्रम तथा बजेट तर्जुमाको काममा जुटेको गाउँपालिकाले वडावडामा पुगेर सुझाव संकलनगर्न थालेको हो ।
गाउँपालिका अध्यक्ष भक्तबहादुर कार्कीका स्वकीय सचिव घनेन्द्र थापाकाअनुसार आइतबार वडा १ र २ खोक्लिङमा पुगेर नीति, कार्यक्रम तथा बजेटबारे स्थानीय साथै अन्य सरोकारवालाको सुझाव संकलन गरिएको छ । आगामी आवको नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी साथै जनमुखी बनाउने उद्देश्य राखेर वडावडामा पुगेर स्थानीय जनताको सुझाव संकलन गर्न सुरु गरिएको गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाले बताउनुभयो ।
उपाध्यक्ष शेर्पाका अनुसार वडावडामा पुगेर संकलन गरिएको स्थानीय जनताको आवश्यक रायसुझावले आगामी नीति, कार्यक्रम तथा बजेट प्रभावकारी हुने विश्वास गाउँपालिकाले लिएको छ । आइतबारदेखि सुरु भएको सुझाव संकलन गर्ने कार्य पालिकाका पाँचवटै वडामा सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।
समुदायस्तरबाट राय सुझाव लिएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटलाई अन्तिम रुप दिने योजनासहित सुझाव संकलन सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनदेव योङ्याले जानकारी दिनुभयो । उहाँकाअनुसार गाउँपालिकाका पदाधिकारी, वडाध्यक्ष र अन्य जनप्रतिनिधिको प्रत्यक्ष उपस्थितिमा सुझाव संकलनको कार्य अघि बढाइएको छ ।
गाउँपालिका अध्यक्ष कार्कीका स्वकीय सचिव थापाका अनुसार स्थानीय समुदाय, शिक्षक, विद्यार्थी, समूह, संघ संस्थाका प्रतिनिधिको सहभागितामा सुझाव संकलन कार्यक्रम सञ्चालन गरिएको छ । वडाबासी तथा सरोकारवालाले आफ्नो क्षेत्र, टोल र समुदायको आवश्यकतामा केन्द्रित भई नीति, कार्यक्रम र बजेटका लागि सुझाव दिएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts