शैक्षिक सुधारको उपाय खोज्दै ताप्लेजुङको आठराई त्रिबेणी,सरोकारवालाको सुझाव लिन सर्वपक्षीय भेला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २४ । खस्कदो शैक्षिक नतिजाको सुधारका उपाय खोज्न तथा आगामी आवको शैक्षिक नीतिमा सुझाव संकलन गर्न ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले शैक्षिक भेला आयोजना गरेको छ ।

पालिका भित्रका सामुदायिक बिद्यालयको खस्कदो शैक्षिक अवस्था सुधारा उपाय सहित आउँदो शैक्षिक नीति तयारीका क्रममा सुझाव संकलन गर्न यस्तो शैक्षिक भेला आयोजना गरिएको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का स्वकीय सचिव लेखनाथ भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा पालिकाका जनप्रतिनिधिहरु,पालिका भित्रका बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी,प्रधानाध्यापक,शिक्षक,वाल विकास सहजकर्ता र बिद्यालय कर्मचारीहरु समेतको सहभागिता रहेको छ । भेलाले तयार पारेको निश्कर्षलाई आगामी आर्थिक बर्षका लागि प्रस्तुत हुने नीति,कार्यक्रम र बजेटमा समावेश गर्ने तयारी रहेको पालिकाले जनाएको छ ।

छलफलको निश्कर्षलाई शैक्षिक गुणस्तर सुधारका लागि पालिकाको शिक्षा ऐनमा गर्नुपर्ने थप व्यवस्था,शिक्षण सिकाई सुधारका लागि कुन पक्षले के गर्ने सहितका बिषय पालिकाको साझा संकल्पको रुपमा घोषणा गर्ने तयारी समेत आठराई त्रिबेणीले गरेको छ । यसअघि ताप्लेजुङकै मैवाखोला गाउँपालिकाले शैक्षिक अवस्था सुधारका लागि दुईदिने वृहत्त शैक्षिक सम्मेलन गर्दै ४२ बुँदे घोषणापत्र र अरु दुई छुट्टै संकल्प पत्र जारी गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts