शान्ति आविका बिद्यार्थीहरुलाई न्यानो कपडा र झोला बितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १२ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं २ स्थित शान्ति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट तथा झोला वितरण गरिएको छ ।

फुङलिङ नगरपालिका वडा नं ४ घर भई हाल विर्तामोड झापामा बस्दै आउनु भएका व्यवसायी रोशनलाल अग्रवाल र फुङलिङ नगरपालिका–६ घर भई हाल बेलायत बस्दै आउनु भएका समाजसेवी जगत गुरुङले उपलब्ध गराउनु भएको ट्रयाक सुट तथा झोला संयुक्त रुपमा विद्यार्थीहरुलाई शुक्रबार प्रदान गरिएको हो । व्यवसायी अग्रवाल र समाजेवी गुरुङले करिब १ लाख १५ हजार रुपैयाँ बराबरको विद्यालय समयमा लगाईने ट्रयाक सुट र पुस्तक बोक्ने झोला विद्यालयलाई उपलब्ध गराउनु भएको प्रधानाध्यापक खगेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

ताप्लेजुङमा लामो समय सम्म व्यवसाय गरेर बस्दै आउनु भएका अग्रवाल परोपकारी संस्थाहरुमा लामो समय सम्म जिम्मेवारीमा रहनु भएको थियो । पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति,ताप्लेजुङ उद्योग बाणिज्य संघ सहितका संस्थाहरुमा कोषाध्यक्षको भूमिकामा रहिसक्नु भएका अग्रवाल सामाजिक व्यत्तित्वको रुपमा परिचित रहनु भएको छ । बाल कक्षादेखि कक्षा ७ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि सामाग्री उपलब्ध गराउनुभएको बिद्यालयले जनाएको छ ।

व्यवसायी अग्रवालले ८५ हजार रुपैयाँ बराबरको १ सय सेट ट्रयाक सुट र गुरुङले ३० हजार रुपैयाँ बराबरको झोला विद्यालयलाई उपलब्ध गराउनु भएको प्रधानाध्यापक कार्कीको भनाई छ । समाजसेवीद्वयले उपलब्ध गराएको सामाग्री फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ (तेज), वडा नं २ का वडाध्यक्ष मोहन न्यौपाने, बालमन्दिर आधारभूत बिद्यालयका प्रधानाध्यापक धर्मप्रसाद पौडेल, शान्ति आवि शिक्षक अभिभावक संघका अध्यक्ष लेखनाथ भट्टराई,व्यवसायी तथा फुनपा वडा नं २ का पूर्व वडाध्यक्ष खड्गबहादुर मोक्तानको समेत उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts