|

चार दिनदेखि जारी यातायात बन्द फिर्ता

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ५ । ताप्लेजुङमा निर्माण हुन लागेको पाथीभरा केबलकार परियोजनाविरुद्ध संघर्षरत समूहले आह्वान गरेको यातायात बन्द चार दिनपछि फिर्ता लिएको छ । जिल्लास्थित राजनीतिक दल, स्थानीय प्रशासन र संघर्षरत पक्षका प्रतिनिधिबीच शनिबार भएको छलफलमा तत्काललाई यातायात बन्द फिर्ता लिने सहमति भएको हो ।
केबलकार निर्माण कम्पनीले विगतमा भएका सम्पूर्ण सहमतिको कार्यान्वयन गर्ने लगायतका विषयमा सकारात्मक निर्णय भएपछि संघर्षरत पक्ष यातायात बन्द फिर्ता लिन सहमत भएको हो । सर्वपक्षीय बैठकमा केबलकार कम्पनीले स्थानीय सरोकारवाला पक्ष राजनीतिक दलहरुसँग आपसी समन्वय, परामर्श र सहमतिबिना निर्माणको काम नगर्न अनुरोध गर्ने निर्णय पनि भएको छ ।
पाथीभरा (मुक्कुमलुङ) मा केबलकार निर्माण हुने भएपछि मुक्कुमलुङ संयुक्त संघर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतका समूहले सुरुदेखि नै विरोध गरिहेको छ । पछिल्लो समय केबलकार कम्पनीले निर्माणस्थलमा रुख कटान गरेपछि संघर्षरत समूहले आफ्नो माग विपरीत परियोजनाको क्रियाकलाप सुरु भएकोभन्दै गएको बुधबारदेखि यातायात बन्द आह्वान गरेको थियो ।
मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङमा सो समूहले यातायात बन्द आह्वान गरेको थियो । बन्दपछि मेची राजमार्ग र तमोर कोरिडोरमा सञ्चालन हुने लामो तथा छोटो दूरीमा चल्न सवारी साधन ठप्प हुँदा यात्रु मारमा परेका थिए । यातायात बन्दले बिहीबारदेखि सुरु भएको पाँच दिने ताप्लेजुङ पर्यटन महोत्सवलाईसमेत असर पुगेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts