तीन बिधाका बिद्यालय खेल प्रशिक्षक नियुक्त गर्दै मैवाखोला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ५ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिकामै तीन बिधाका खेलकुद प्रशिक्षक नियुक्ति गर्ने भएको छ ।

पालिकाको खेल क्षेत्रको सम्भावनालाई प्राथमिकीकरण गरी तत्कालका लागि तीन बिधाका खेलकुद प्रशिक्षक करारमा लिइने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो ।

गोम्देनका अनुसार पालिकाले कराँते,उसु र तेक्वान्दोका १–१ जना प्रशिक्षक करारमा लिने छ । करारमा लिईएका खेल प्रशिक्षकलाई बिद्यालय खेल प्रशिक्षकको रुपमा पालिकाका बिभिन्न बिद्यालयमा खटाउने तयारी गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts