फक्ताङलुङ गाउँपालिकामा तीन महिनाका लागि गोलिया ओसारपसार बन्द

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आउँदो असार १ गते देखि तीन महिनाका लागि गोलियाको ओसारपसार बन्देज गरेको छ ।

गाउँपालिकाका प्रशासकीय अधिकृत बाबुराम घिमिरेका अनुसार असार १ देखि असोज १ गते सम्मका लागि गोलियाको ओसारपसारमा प्रतिवन्ध लगाईएको हो । बर्षायाममा हुन सक्ने बाढी पहिरोको जोखिम तथा कच्ची मोटरबाटोमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न तीन महिनाका लागि गोलियाको ओसारपसारमा पूर्ण रोक लगाईएको गाउँपालिकाले जनाएको छ ।

उक्त अवधिमा पालिका क्षेत्रबाट गोलिया ओसारपसार गरेको पाइएको कानुन अनुसार कारवाही हुने समेत गाउँपालिकाले जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts