जनताका गुनासो सुन्न ताप्लेजुङको पाथीभरा याङवरकद्धारा ‘हेल्लो पालिका’कार्यक्रम सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ २ । जनताका गुनासो सुन्न ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले‘हेल्लो पालिका’कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

प्रमुख प्रशासकीय अभिकृत अभिषेक घिमिरेका अनुसार जनताका गुनासो राख्नका लागि क्युआर कोड दिएको छ भने लिंक समेत उपलब्ध गराएको छ । जनताले पालिकासंग कुनै गुनासो भए उल्लेखित दुई माध्यम प्रयोग गरी सुझाव,जिज्ञासा तथा गुनासो टिपाउन सकिने समेत घिमिरेले जानकारी दिनुभयो ।

पालिका तथा मातहतका निकायहरुबाट प्रवाह भइरहेको सेवा तथा विकास निर्माणका कामहरुका बारेमा गुनासो,सुझाव तथा राय राख्न सकिने भएको छ । पालिका अध्यक्ष केशरकुमार सुब्बाले सुशासन अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम अघि सारिएको बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts