ताप्लेजुङको चाँगेमा मह उत्पादनका लागि व्यवसायिक मौरी पालन सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ २ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ४ चाँगेमा व्यवसायिक मौरी पालन सुरु भएको छ । सो क्षेत्र मौरी पालनको बलियो सम्भावना रहेको स्थल हो ।

आठराई त्रिबेणी गाउँपालिका वडा नं ४ चाँगेको आर्थिक सहयोग तथा समन्वयमा त्यहाँ करिव एकसय वटा आधुनिक मौरी घार बितरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङको प्राविधिक सहयोगमा सुरु भएको मौरी पालनबाट व्यवसायिक रुपमा मह उत्पादन सुरु हुने संकेत देखिएको कार्यालयका निमित्त प्रमुख युवराज घोर्साईले जानकारी दिनुभयो ।‘मौरीका लागि उपयुक्त चरन क्षेत्र रहेकोले पनि मह उत्पादनमा गुणात्मक नतिजा प्राप्त हुने देखिएको छ’घोर्साईले भन्नुभयो ।

आठराई त्रिबेणी गाउँपालिका वडा नं ४ चाँगेका वडाध्यक्ष अर्जुन लिम्बूले महको व्यवसायिक उत्पादनको सम्भावना देखेरै वडापालिकाकोतर्फबाट व्यवसायिक मौरी पालनका लागि सहयोग गरिएको बताउनुभयो । उहाँले गुणस्तरीय र गुणात्मक दुबै प्रकृतिमा महको उत्पादन हुनेमा विश्वास लिनु भएको छ । महको बजार अभाव नहुने र बजारीकरणका लागि सहयोग गर्ने बचन आफुहरुले किसानलाई दिएको घोर्साईले जानकारी दिनुभयो ।

मौरी एक किसिमको कीरा हो । यसले विभिन्न फूलको रस सङ्कलन गरी मह लगाउने गर्दछ । मौरीलाई मेहनती जीवको रूपमा चिनिन्छ । यिनिहरूले पहेँलो मैन प्रयोग गरी गुँड अर्थात् (चाका) बनाउँछन् भने त्यहीँ मह उत्पादन समेत गर्छन् ।
चाँगेका किसानले उत्पादन गर्न थालेको महको बिषयमा प्राविधिक अध्ययन गरिदैं । तस्बिर ः उज्यालो पोष्ट

अरुलाई पनि शेयर गरौ !

Similar Posts