ताप्लेजुङको फक्ताङलुङले बनायो आफ्नै लोगो,स्वीकृत लोगो कार्यान्वयनमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आफ्नै अब आफ्नै लोगो प्रयोगमा ल्याउने भएको छ ।

गाउँपालिकाले मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं १ की निशा थापाद्धारा पेश भएको लोगो स्वीकृत गर्दै स्वीकृत भएको लोगो प्रयोगमा ल्याउन पालिका मातहतका सब निकायहरुलाई आग्रह गरेको छ । प्रमुख प्रशासकीय अधिकृत नवीन तेम्बेका अनुसार गत बैशाख १६ गते लोगो सम्वन्धी प्रस्ताव माग गरिएकोमा थापाद्धारा पेश भएको लोगो बैशाख ३० गते बसेको कार्यपालिकाको बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा ल्याईएको हो ।

लोगोमा कञ्चनजंघा र कुम्भकर्ण हिमाल र पालिका भित्र बसोबास गर्ने बिभिन्न जातजातिको भेषभूषालाई आवरणको रुपमा संकेत गरिएको छ । लोगो भित्रै पालिकाका ७ वटै वडाहरुको प्रशासकीय विभाजनको संकेत गरिएको छ भने जलविद्युत,अलैंची,जटिबुटी,लालीगुराँस,रेडपाण्डा र हिमचितुवाको क्रिडास्थल रहेको अर्थ समेत लगाईएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts