जेठ ३ गतेबाट फुङलिङमा हुने ताप्लेजुङ पर्यटन महोत्सवमा करिव ८० लाख रुपैयाँ खर्च हुने अनुमान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३० । जेठ ३ देखि ७ गते सम्म फुङलिङमा हुने ताप्लेजुङ पर्यटन महोत्सवका क्रममा करिव ८० लाख रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ ।

म्याराथन,अन्तरपालिका भलिबल,साहित्य तथा साँस्कृतिक उत्सव,औद्योगिक मेला सहितका कार्यक्रम एकसाथ हुने भएकोले उक्त बराबरको अनुमानित रकम खर्च हुनेगरी लागत कार्ययोजना तयार भएको महोत्सव मूल आयोजक समितिले जनाएको छ । महोत्सव मूल आयोजक समितिले पत्रकार सम्मेलनमार्फत महोत्सवको तयारी अन्तिम चरणमा पु¥याईएको जानकारी दिएको छ । समितिका सदस्य सचिव देवराज गुरुङले ५ दिने महोत्सवका क्रममा एकदर्जन भन्दा बढी कार्यक्रम एकसाथ सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।‘महोत्सव सञ्चालनको क्रममा तयारीका सबै कार्यक्रम अन्तिम चरणमा पु¥याईएको छ’गुरुङले भन्नुभयो ।

महोत्सवका कार्यक्रममा ४५ लाख,अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताका लागि २० लाख र औद्योगिक तथा कृषि प्रर्दशनी मेलाका लागि १२ लाख र अन्य तयारीका कार्यका क्रममा ३ लाख गरी कूल ८० लाख हारहारी खर्च हुने अनुमान गरिएको मूल आयोजक समितिले जनाएको छ । जेठ ७ गते हुने खुल्ला तथा हाफ म्याराथन प्रतियोगिताको पुरस्कारका लागि मात्र करिव साढे ८ लाख खर्च हुने भएको छ । अन्तरपालिका स्तरीय मेयरकप भलिबल प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुने महोत्सव मूल आयोजक समितिले जनाएको छ ।‘मेयर कपको सञ्चालन र दायित्व फुङलिङ नगरपालिका आफैंले गर्ने छ,तर यो कार्यक्रम पनि महोत्सवकै एक अंग हो’सदस्य सचिव गुरुङले भन्नुभयो । उहाँका अनुसार औद्योगिक मेला प्रर्दशनीको कार्यक्रममा खर्च र सञ्चालन दायित्व घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङ तथा नेपाल घरेलु तथा साना उद्योग महासंघले लिनेछन् ।

महोत्सवका क्रममा बक्तृत्वकला प्रतियोगिता,साहित्यिक स्रष्टा सम्मान तथा साहित्य उत्सव,साँस्कृतिक कार्यक्रम अन्तरगत दीपक लिम्बू,प्रताप दास र सुनिता थेगिमको उपस्थितिमा साँस्कृतिक साँझ,डोको क्यारी रन,डोको र टपरी बुन्ने प्रतियोगिता,लागु औषध दुव्र्यसन बिरुद्धका चर्चित अभियान्ता प्रोमिस भोटियाको उपस्थितिमा सचेतनामूलक कार्यक्रम र ताप्लेजुङमा रहेका बिभिन्न पर्यटकिय स्थलहरुको प्रर्दशनी सहितका कार्यक्रम हुने भएका छन् । महोत्सव मूल आयोजक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले प्राकृतिक सुन्दरताले सजिएको ताप्लेजुङका पर्यटकिय स्थलहरुको प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउन महोत्सव अभियानमा रहने विश्वास लिनु भएको छ ।‘महोत्सव पर्यटन प्रवद्र्धन र यस भित्रका सम्भावना तथा चुनौति केलाउने साझा अभियानको रुपमा रहने छ’उहाँले भन्नुभयो ।

महोत्सव मूल आयोजक समितिका सहसंयोजक एवम् फुङलिङ नगरप्रमुख अमिर मादेनले पर्यापर्यटनको सम्भावनालाई उजागर गर्दै यही क्षेत्रमा भबिष्य खोज्न महोत्सवले ठूलो योगदान पु¥याउने बताउनुभयो । महोत्सव मूल आयोजक समितिका कोषाध्यक्ष मात्रिकाप्रसाद नेपालले आइतवारबाट महोत्सवस्थलमा स्टल तथा मञ्च निर्माण कार्य सुरु भएको बताउनुभयो । जेठ २ गते भित्र महोत्सवका सबै तयारी हुने सदस्य सचिव गुरुङले जानकारी दिनुभयो । पर्यटकिय स्थल प्रर्दशनी कार्यक्रम अन्तरगत फुङलिङ भित्रै छोटो दुरीको पर्यटकिय पुण्य मार्गको अवधारणा पनि अघ सारिएको छ । सदरमुकाम भित्रैका पर्यटकिय स्थलहरुलाई समेटी यस्तो मार्ग प्रस्ताव गरिएको पर्यटकिय स्थल प्रर्दशनी उप समिति संयोजक सुरेश सिंघकले जानकारी दिनुभयो । यसबाहेक ताप्लेजुङका बिभिन्न स्थानमा रहेका पर्यटकिय स्थलहरुको अवलोकन तथा भ्रमणका कार्यक्रम समेत महोत्सवकै क्रममा समावेश भएको उहाँले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts