पत्रकार महासंघ ताप्लेजुङको ११ औं साधारणसभा ः सदस्यता शुद्धिकरण र नयाँ सदस्यताको टुङ्गो चाँडो लगाउनुपर्ने निश्कर्ष

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १६ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको ११ औं साधारणसभा तथा अधिबेशनले सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यताको बिषय तत्काल टुङ्गो लगाई सांगठनिक अन्योलता अन्त्य गर्न पत्रकार महासंघ केन्द्रीय र कोशी प्रदेश समितिको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

केन्द्रीय प्रतिनिधि तथा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य उद्ध तिमल्सिना र प्रदेश प्रतिनिधि तथा पत्रकार महासंघ कोशी प्रदेश समिति सदस्य माला पालुङ्वाको उपस्थितिमा आइतवार फुङलिङमा सम्पन्न साधारणसभाले उक्त निर्णय लिएको महासंघका जिल्ला अध्यक्ष आनन्द गौतमले जानकारी दिनुभयो । सभाले सचिव सुवास आचार्य तथा कोषाध्यक्ष मदन गौतमद्धारा प्रस्तुत क्रमशःसांगठनिक तथा आर्थिक प्रतिबेदनलाई सुझाव सहित पारित गरेको छ ।

शाखाका संस्थापक सभापति मनमणि काफ्ले,पूर्व जिल्ला अध्यक्ष खगेन्द्र अधिकारी र पत्रकार महासंघ ताप्लेजुङका सल्लाहकार संयोनक चन्द्रबहादुर पन्दाक‘प्रयास’रहेको तीन सदस्यीय अध्यक्ष मण्डलको आग्रह अनुसार सचिव आचार्य र कोषाध्यक्ष गौतमले क्रमशःसांगठनिक तथा आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । आचार्य र गौतमले प्रस्तुत गरेका उक्त प्रतिबेदन उपर साधारणसभाका सहभागीले उठाएका सवालहरु बुँदागत रुपमा टिपोट गरी सवाल जवाफ गरिएको थियो भने प्रस्तुत प्रतिबेदनमा सहभागीका राय समेत थप गरी अन्तिम प्रतिबेदन तयार गर्ने दुबै प्रतिबेदकले प्रतिबद्धता जनाउनु भएको छ । साधारणसभाले साधारणसभाका सहभागीले उठाएका राय सुझाव समेत समेटेर अन्तिम प्रतिबेदन तयार पारी पत्रकार महासंघको केन्द्रीय र प्रदेश समितिमा पठाउन प्रतिबेदककर्ताहरुलाई जिम्मेवारी दिएको छ ।

साधारणसभाको उद्घाटन सत्रमा पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि तिमल्सिना,प्रदेश प्रतिनिधि पालुङ्वा,पत्रकार महासंघका संस्थापक सभापति काफ्ले,पूर्व अध्यक्षद्धय अधिकारी र केशवप्रसाद भट्टराई,गैसस महासंघका जिल्ला अध्यक्ष खड्गबिक्रम सुबेदी,पत्रकार महासंघ ताप्लेजुङका सल्लाहकार संयोजक पन्दाक,रेडियो ताप्लेजुङका स्टेशन म्यानेजर देवराज गुरुङ,प्रेस युनियनका जिल्ला अध्यक्ष सन्तोष पुर्कुटी,पत्रकार महासंघका प्रदेश परिषद् सदस्य तथा पाथीभरा बहुमुखी क्याम्पसका प्रमुख सजन पौडेल लगायतले पत्रकारिता क्षेत्रको विकास,समस्या,सम्भावना र चुनौति बारे बोल्नु भएको थियो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts