ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका लिङखिममा मध्य दिनमै आगलागी,एक घर ध्वस्त

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १४ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित दिवुङ बस्ने देवेन्द्र लिम्बूको घर जलेर नष्ट भएको छ ।

स्थानीय मछिन्द्र लिम्बूका अनुसार शुक्रवार अपरान्ह भएको आगलागीबाट घर जलेर नष्ट भएको हो । बिद्युत सर्ट भई आगलागी भएको हुनसक्ने मछिन्द्रले जानकारी दिनुभयो ।

घर,अन्नपात,लत्ताकपडा केहि पनि बचाउन नसकिएका कारण आगलागीबाट ठूलो क्षति भएको र क्षतिको विवरण संकलन गर्ने कार्य सुरु भएको उहाँले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts