सम्भवत पूर्वी नेपालकै उच्च हिमाली क्षेत्र याङ्मा बस्तिमा वाल शिक्षा र स्वास्थ्य इकाई स्थापना

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख १० । समुद्र सतहदेखि ४ हजार २ सय मिटरको उचाइमा अवस्थित ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ रहेको याङ्मा बस्तीमा वाल शिक्षा र स्वास्थ्य इकाई स्थापना भएको छ ।

याङमा पूर्वी नेपालकै सबैभन्दा उचाईमा रहेको बस्ति मानिन्छ । यो संगै याङ्मा बासिन्दाले उपचारका लागि एकदेखि डेढ दिन पूरै खर्चिएर ओलाङचुङगोला सम्म आइपुग्नुपर्ने बाध्यता हटेको छ । फक्ताङ्लुङ गाउँपालिकाले त्यहाँ सामुदायिक स्वास्थ्य इकाई र प्रारम्भिक वाल शिक्षा केन्द्र स्थापना गरेको हो ।

फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन लामा शेर्पाले याङ्मामा प्राथमिक उपचार सेवा(सामान्य सेवा)सुरु हुनु पनि निकै ठूलो र खुुसीको बिषय भएको बताउनुभयो । उहाँका अनुसार अहिले याङ्मामा १० घर परिवारको बसोबास रहेको छ । याङ्मा गाउँमा सञ्चार सम्पर्क हुँदैन ।
तस्बिर ः फक्ताङलुङ गाउँपालिका अध्यक्षको सचिवालय

अरुलाई पनि शेयर गरौ !

Similar Posts