| |

मैवाखोलामा करेन्ट लागेर एक युवक घाइते

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख ८ । ताप्लेजुङमा करेन्ट लागेर एक युवक घाइते भएका छन् । प्रहरीका अनुसार मैवाखोला गाउँपालिका–३ साँघु, मानेडाँडाका ३४ वर्षीय तेन्जी शेर्पा करेन्ट लागेर घाइते भएका हुन् ।
राष्ट्रिय प्रसारण लाइन विधुतको ट्रान्सफर्मरमा समस्या देखिएपछि मर्मत गर्ने क्रममा शेर्पालाई अचानक करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कमलकुमार लुङगेलीले जानकारी दिनुभयो । लुङगेलीका अनुसार शेर्पाको दायाँ हात र ढाडमा चोट लागेको छ ।
शुक्रबार दिउँसो करेन्ट लागेर घाइते हुनुभएका शेर्पालाई मैवाखोला गाउँपालिकाको एम्बुलेन्समार्फत सोही दिन उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी लगिएको पनि उहाँले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts