समग्र सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउन ताप्लेजुङमा जनप्रतिनिधि–प्रशासन अन्तरकृया सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ५ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले समग्र सार्वजनिक सेवा प्रवाह तथा शुसासन र शान्ति सुरक्षा केन्द्रित जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गरेको छ ।

६ वटा बिषयलाई केन्द्रित गरी जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया सुरु भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तरकृयामा शान्ति सुरक्षा तथा स्थानीय तहमा अपराध न्यूनीकरण सम्वन्धी सचेतना तथा अवैध हातहतियार,महिला तथा बालबालिका बिरुद्धको अपराध नियन्त्रण,लागु औषध दुव्र्यसन तथा अवैध कारोवार नियन्त्रण सम्वन्धमा छलफल हुने भएको छ ।

यस्तै नागरिकता,पञ्जीकरण तथा विविध सिफारिस सेवा,विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन,समग्र सार्वजनिक सेवा प्रवाह तथा शुसासन व्यवस्थापन र स्थानीय विपद् व्यवस्थापन समितिसंग समन्वय तथा उक्त समिति चलायमान बनाउन गरिने गृहकार्यका बिषयमा जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया गर्न सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सोहि अनुरुप प्रशासन कार्यालयले बैशाख ७ गते पाथीभरा याङवरक गाउँपालिकामा यस्तो कार्यक्रम गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले उल्लेखित सवालहरुमा जनप्रतिनिधि–प्रशासन बीचका बुझाई थप घनिष्ट बनाउँदै सेवा बितरण सहज र पारदर्शी बनाउने अभियान स्वरुप प्रमुख जिल्ला अधिकारी भएर आए लगत्तै यस्तो अभियान अघि बढाउने बताउनु भएको थियो । प्रजिअ आचार्यले यहाँको सिरिजङ्गा गाउँपालिकाबाट जनप्रतिनिधि–प्रशासन अन्तरक्रिया कार्यक्रम सुरु गर्नु भएको छ । सिरिजङ्गा गाउँपालिका अध्यक्ष लालकृष्ण चौहान,प्रमुख प्रशासकीय अधिकृत मधुर नेपाली सहित बिषयगत शाखाका प्रमुख,स्थानीय जनप्रतिनिधि र सेवा प्रदायक निकाय समेतको सहभागितामा सिरिजङ्गा गाउँपालिकाको केन्द्र तेल्लोकमा यस्तो कार्यक्रम सम्पन्न भइसकेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts