‘थोःक्ला’ कविता संग्रहको सन्देश बाँड्न साहित्यसर्जक तथा पत्रकार मनोज ताप्लेजुङमा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ४ । तेह्रथुमका साहित्यसर्जक तथा पत्रकार भगिश्वर तेयुङ लिम्बू(मनोज)आफ्नो पहिलो कृति ‘थोःक्ला’को सन्देश प्रचारका लागि ताप्लेजुङ आईपुग्नु भएको छ ।

लिम्बू भाषामा तयार पारिएको थोःक्लाका बिशेषता र यसको महत्व प्रकाश पार्दै उनी जिल्ला–जिल्ला दौडाहा गर्ने क्रममा ताप्लेजुङमा आईपुग्नु भएको हो । लिम्बू भाषामा थोःक्ला भनेको नेपाली भाषामा ढोया हो । माईतीले चेलीलाई आर्थिक उपार्जनको आश गर्दै चौपाया या पशुपंछि उपहार स्वरुप दिएपछि माइतीले त्यसवापत केही रकम या गरगहना प्रदान गर्ने प्रचलनलाई जनाउँछ ।

चेलीले विदेश गएका माइतीलाई ढोया लगाउने प्रचलन पछिल्लो समय हट्दै गएकाले मनोजले आफ्नो कविता संग्रहमार्फत यसबारे संस्कृति पुर्नजागृत गर्ने कोसिस गर्नु भएको छ । उहाँका अनुसार थोःक्ला लिम्बू संस्कृतिमा आधारित संस्कृति स्मरण गराउने एउटा ठेली हो । कविता संग्रहमा ३५ वटा कविता समावेश छन् । कविता गद्य,पद्य पालाम र माङ्घो छन्दमा लेखिएका छन् । तेह्रथुमस्थित रेडियो मेन्छ्यायेमका संस्थापक स्टेशन म्यानेजर समेत रहनु भएका उहाँले नागरिक दैनिकका जिल्ला संवाददाता समेत भएर काम गरिसक्नु भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts