गत साउन देखि चैत मसान्त सम्ममा पाथीभरा मन्दिरमा १ लाख ६८ हजार दर्शनार्थी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३० । गत साउन देखि चैत मसान्त सम्ममा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा १ लाख ६८ हजार बढी दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङका अनुसार चालू आर्थिक बर्षको ९ महिना पूरा हुँदा १ लाख ६८ हजार ४ सय ६८ जनाले पाथीभरा मन्दिरको दर्शन गरेका हुन् ।

हाङवाङका अनुसार सबैभन्दा बढी चैत महिनामा ५२ हजार ४ सय ५५ जनाले मन्दिरको दर्शन गरेका छन् । कात्तिक महिनामा ४९ हजार १ सय ६३ जनाले मन्दिरको दर्शन गरेका थिए । हाङवाङका अनुसार साउन महिनामा १ हजार १ सय २२,भदौमा ५ हजार र असोजमा १० हजार ३ सय ४३ जनाले मन्दिरको दर्शन गरेका थिए । यस्तै मंसिरमा २० हजार ४ सय १६,पुसमा ५ हजार ६ सय ५५,माघमा ६ हजार ४ सय १ र फागुनमा १७ हजार ९ सय १२ जनाले पाथीभरा मन्दिरको दर्शन गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
चैत महिनाको भेटी ७५ लाख बढी
पाथीभरा मन्दिर आउने दर्शनार्थीले चढाएको भेटीवापत चैत महिनामा मात्र ७५ लाख बढी रुपैयाँ जम्मा भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । कार्यकारी निर्देशक हाङवाङका अनुसार चैत महिनामा ७५ लाख ७ हजार १ सय ५ रुपैयाँ भेटि वापत नगद संकलन भएको छ । क्षेत्र विकास समितिले पछिल्लो समय भेटिवापतको संकलित रकम मासिक रुपमा सार्वजनिक गर्दै आएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts