मध्य तमोर जलबिद्युत आयोजनाको बिद्युत कोशी करिडोरको प्रसारण लाइनमा सिंक्रोनाइज,व्यवसायिक उत्पादन केहिदिनमै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ३० । ताप्लेजुङस्थित मध्य तमोर जलबिद्युत बिद्युत आयोजनाबाट उत्पादित बिद्युतलाई शुक्रवारबाट कोशी करिडोरको प्रसारण लाइनमा सफलतापूर्वक परीक्षण जडान गरिएको छ ।

आयोजनाका प्रवन्धक डाक्टर मणिराज पोखरेलले नेपाल बिद्युत प्राधिकरणका महानिर्देशक कूलमान घिसिङको उपस्थितिमा आयोजनाको एउटा टर्वाइनबाट उत्पादित बिद्युत तेह्रथुमको बसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा सिंक्रोनाइज गरिएको जानकारी दिनुभयो । नेपालका चर्चित कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहित नेपाल बिद्युत प्राधिकरणको टोली लिएर घिसिङ मध्य तमोर जलबिद्युत आयोजनाको परीक्षण प्रसारणको अवलोकनका लागि आउनु भएको थियो ।

अब केहि दिनमै पूर्ण रुपले मध्य तमोर जलबिद्युत आयोजनाद्धारा उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने समेत पोखरेलले बताउनुभयो । परीक्षण जडानको सफलताले अब उत्पादित बिद्युत तेह्रथुमको बसन्तपुरस्थित कोशी करिडोरको प्रसारण लाइनमा व्यवसायिक जडान हुने पोखरेलले बताउनुभयो ।

आयोजनाका प्रशासन तथा वातावरण प्रमुख अर्विन्द श्रेष्ठका अनुसार यो संगै ७३ मेगावाट क्षमताको मध्य तमोर जलबिद्युत आयोजनाका सम्पूर्ण संरचनाहरु पूरा भएका छन् । यो संगै अब ७३ मेगावाट क्षमताको मध्य तमोर जलबिद्युत आयोजनाद्धारा उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित हुने छ ।‘परीक्षण जडानसंगै मध्य तमोर जलविद्युत आयोजनाद्धारा उत्पादित बिद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ,अब केहिदिन पछि पूर्ण रुपले समाहित हुने छ’श्रेष्ठले नयाँ बर्षसंगै जलविद्युत क्षेत्रमा नयाँ खुसी पलाएको बताउनुभयो ।

आयोजनाबाट उत्पादन भएको बिद्युत आयोजनाको स्वीचयार्ड देखि करिव १२ किलोमिटर लामो मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा नेपाल बिद्युत प्राधिकरणको ढुङगेसाँघु सव–स्टेशनमा पु¥याई राष्ट्रिय प्रसारण लाइनमा जोड्ने योजना थियो । तर कोशी करिडोर अन्र्तगत ढुङगेसाँघु सव–स्टेशनको तत्कालको क्षमता १३२ केभिए मात्र भएपछि मध्य तमोर जलबिद्युत आयोजनाद्धारा उत्पादित बिद्युत तेह्थुमको बसन्तपुर पु¥याएर राष्ट्रिय प्रसारण लाईनमा जडान गर्नुपरेको छ ।

कोशी करिडोर अन्तर्गत ढुङ्गेसाँघुस्थित १३२ केभिए विद्युत सव स्टेशन प्रसारण लाइनको पनि गत शनिवार सफल परीक्षण गरिसकिएको छ । फक्ताङ्लुङ गाउँपालिका वडा नं १ सावादिन र मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङमा मुख्य–मुख्य संरचना रहेको बिद्युत आयोजनाको फुङलिङ नगरपालिका ९ र १० हाङ्देवा तथा फुरुम्बुको तल्लो तटीय क्षेत्र आयोजनाको मुख्य कार्यस्थल रहेको छ । आयोजनाको फुरुम्बुस्थित मित्लुङ नजिक ५० मिटर लम्बाइ र ११ मिटर उचाइको बाँध निर्माण गरी करिव ३ हजार ४ सय मिटर लामोसुरुङ मार्गमार्फत खोक्लिङको थुम्बा बेंसीमा विद्युतगृह निर्माण गरिएको छ ।

सुरुमा ५४ मेगावाट क्षमता बराबर विद्युत उत्पादन गर्नेगरी सुरु गरिएको आयोजनाको मुहान् स्थल (हेडवक्र्स) केही परिवर्तन गरेसँगै उत्पादन क्षमता बढेर ७३ मेगावाट पुगेको हो । सुरुमा मापन गरिएको क्षमताअनुसार निर्माण प्रक्रिया अघि बढाएकोमा पछि निर्माण क्षेत्रमा प्राकृतिक प्रकोपको जोखिम देखिएपछि आयोजनाको हेडवक्र्स परिवर्तन गरिएसँगै ५४ बाट १९ मेगावाट बढ्न गई कूल ७३ मेगावाट बिद्युत क्षमता हुन पुगेको हो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts