ताप्लेजुङबाट प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने खेलाडीको बिदाई

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । कोशी प्रदेश स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन जाने ताप्लेजुङका १ सय ८ जना खेलाडीलाई बुधवार फुङलिङबाट बिदाई गरिएको छ ।

जिल्ला समन्वय समितिको प्रांगणमा आयोजित कार्यक्रममार्फत खेलाडी,प्रशिक्षक तथा व्यवस्थापकलाई बिदाई गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नरेन्द्रकुमार मावो लिम्बू(गणेश)ले जानकारी दिनुभयो । प्रतियोगिता यही चैत ३० गते देखि बैशाख २ गते सम्म ईटहरीमा सञ्चालन हुँदै छ ।

प्रदेशसभाका सांसद तथा पूर्वमन्त्री तिलकुमार मेन्याङ्वो,जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा,फुङलिङ नगरप्रमुख अमिर मादेन,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन) सहितको उपस्थितिमा खेलाडीहरुको बिदाई गरिएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

यसबर्षको राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिताको आठराई त्रिबेण गाउँपालिकामा सञ्चालन भएको थियो । आउँदो बर्षको जिल्ला स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिकामा सञ्चालन हुने यसअघि नै निक्र्यौल भईसकेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts