ताप्लेजुङको फुङलिङमा सम्पन्न आँखा शिविरमा ५७ जनाको आँखाको शल्यकृया,छ सय बढीले लिए सेवा

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २१ । ताप्लेजुङको फुङलिङमा बुधवार सम्पन्न दुईदिने शल्यकृया सहितको निःशुल्क आँखा शिविरमा ५७ जनाको आँखाको शल्यकृया भएको छ । ६ सय १६ जनाले आँखाको परीक्षण तथा उपचार गराएका छन् ।

आँखाको शल्यकृया भएका मध्ये ४८ जनाको मोतियाबिन्दुको र ९ जनाको साधारण शल्यकृया भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । मेची आँखा अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर पुरुषोत्तम जोशी नेतृत्वको टोलीले आँखाको शल्यकृया गरेको हो । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको आयोजना तथा मेची आँखा अस्पताल बिर्तामोड झापा र मातृका आईकेयर पुरानो वानेश्वर काठमाडौंको प्राविधिक तथा परार्मशीय सहयोगमा शिविर सञ्चालन भएको हो । महिनादिन अघि विश्व विख्यात नेत्र रोग विशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङलिङमै निःशुल्क आँखा शिविर सञ्चालन भएपनि त्यसको एक महिना पछि नै आँखाको उपचारमा आउनेको संख्या उल्लेख्य रहेको नेपाल नेत्रज्योति संघ ताप्लेजुङका उपसभापति खगेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिकिन इञ्चार्ज काजीमान गुरुङका अनुसार शिविर अवधिका दुबैदिन दृष्टीदोषका कारण चश्मा लगाउनुपर्ने झञ्झट सदाका लागि हटाउन आँखाको लेजर सर्जरी सेवा वारे विशेषज्ञबाट परार्मश सेवा प्रदान भएको छ । सो सेवा प्रदान गर्ने नेपालका कम मध्येका एक अब्बल विशेषज्ञ रिफ्रेक्टिभ सर्जन डाक्टर किशोरराज प्रधानले दुईदिनको अवधिमा करिव डेढसय जनालाई परार्मश सेवा समेत प्रदान गर्नु भएको गुरुङले जानकारी दिनुभयो ।

डाक्टर प्रधानका अनुसार आँखाको लेजर सर्जरी गर्ने सेवा आँखा अस्पतालमा समेत सुरु भएको छ । काठमाडौंमा मात्र प्रदान हुने यस्तो सेवालाई पूर्वी नेपालका आँखा रोगीहरु सम्म पु¥याउने उद्देश्यले मेची आँखा अस्पतालमै यस्तो सेवा प्रारम्भ भएकोले अब हजारौं रुपैयाँ खर्च गरेर काठमाडौं सम्म पुग्नुपर्ने झञ्झट कम भएको समेत डाक्टर प्रधानले बताए । प्रधानले अहिले सम्म करिव २४ हजार आँखाका रोगीहरुको लेजर सर्जरी सेवा प्रदान गरेका छन् । ति मध्ये करिव २ हजार जना ताप्लेजुङका नागरिक रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts