ताप्लेजुङको सिरिजङ्गामा निर्माणाधिन जलबिद्युत परियोजनका सुरुङमार्गमा एकपछि अर्को ब्रेक थ्रु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत १९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा निर्माणाधिन जलबिद्युत आयोजनाका सुरुङमार्गहरुमा एकपछि अर्को ब्रेक थ्रु हुन थालेको छ ।

२१.९३ मेगावाट क्षमताको कावेली–३ जलबिद्युत आयोजनाको एचआरटी टनेलको ब्रेक थ्रु भएको हो । आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाका अनुसार झण्डै १ हजार ८७५ मिटर लामो सुरुङमार्ग गत जेठ ११ गतेबाट निर्माण कार्य सुरु गरी चैत १८ गते साँझ ब्रेक थ्रु भएको छ । यो संगै आयोजनाको ७० प्रतिशत निर्माण कार्य पूरा भएको आयोजनाले जनाएको छ ।

कावेली हाईड्रोपावर कम्पनी लिमिटेड प्रवद्र्धक रहेको कावेली–३ जलबिद्युत आयोजना सिरिजङ्गा गाउँपालिका वडा नं ५पेदाङ,वडा नं ६ मामाङ्खे र वडा नं ७ खेवाङ भई बग्ने कावेली खोलाको पानी सदुपयोग गरी बनाईदैं गरेका जलबिद्युत परियोजना हो । केहिदिन अघि १२ मेगावाट क्षमताको सुपर कावेली खोला ए क्यासकेट जलबिद्युत परियोजनाकाको एचआरटी टनेलको ब्रेक थ्रु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts