ताप्लेजुङको फुलवारीस्थित रमितेमा आगलागी हुँदा एक घर ध्वस्त,करिव साढे ११ लाख रुपैयाँ बढीको क्षति

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत १७ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं २ फुलवारीस्थित रमितेमा भएको आगलागीबाट झण्डै साढे एघार लाख रुपैयाँ बढीको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कमलकुमार लुङ्गेलीका अनुसार फुलवारी रमितेस्थित हर्कबहादुर थापाको घरमा भएको आगलागीबाट ११ लाख ६० हजार रुपैयाँ बराबरको क्षति भएको हो । खाना पकाउने क्रममा चुल्होबाट आगो अनियन्त्रित भई आगलागी हुँदा थापाको दुईतल्ले घर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता लुङ्गेलीका अनुसार आगलागीबाट घर,घरमा रहेका लत्ताकपडा,भाडावर्तन,अन्नपात तथा नगद ३० हजार रुपैयाँ,दुईतोला सुन सहित जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण संकलन भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts