पक्षघात र मानसिक समस्या भएका श्रीमान्–श्रीमतिलाई ताप्लेजुङको आठराई त्रिबेणीले उपचारका लागि पठायो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ९ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाको समन्वयमा पालिकाको वडा नं ५ सरदारटोलका पक्षघात र मानसिक सन्तुलनको समस्या रहेका एक दम्पतिलाई उपचार तथा परार्मश सेवाका लागि पठाईएको छ ।

पक्षघातको समस्या व्यहोरी रहनु भएका काजीमान लिम्बू र उहाँकी श्रीमति दुबैजनालाई उपचार तथा परार्मश सेवाका लागि पठाईएको गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले जानकारी दिनुभयो । स्थानीय अगुवा तथा समाजसेवी समेतको सहयोगमा उपचारका लागि श्रीमानलाई काठमाडौं र श्रीमतिलाई प्रेरणा केयर सेन्टर ईटहरीतर्फ पठाईएको गाउँपालिकाको महिला तथा बालबालिका शाखाले जनाएको छ ।

यसअघि उनीहरुलाई गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुले संकलन गरेर नगद ३० हजार रुपैयाँ सहयोग प्रदान भएको थियो । पालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमू,उपाध्यक्ष आङवुहाङ,पालिका वडा नं २ का वडाध्यक्ष टेकिन्द्र सेन्दाङ,महिला तथा बालबालिका शाखा प्रमुख सीता आङवुहाङ लिम्बू सहित स्थानीय अगुवा तथा समाजसेवी समेतको उपस्थितिमा उपचार तथा परार्मश सेवाका लागि पठाईएको जनाईएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts