एसईई परीक्षाका लागि ताप्लेजुङका १७ वटा केन्द्रमा केन्द्राध्यक्ष चयन(को–कहाँ, सूची सहित)

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ८ । यही चैत १५ गते देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि ताप्लेजुङमा तोकिएका १७ वटा केन्द्रमा केन्द्राध्यक्ष चयन हुनु भएको छ । .

शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार जिल्ला परीक्षा समन्वय समितिले केन्द्राध्यक्ष चयन गरेको हो । भट्टराईका अनुसार १ सय ९९ परीक्षार्थी रहने भानुजन माध्यमिक बिद्यालय परीक्षा केन्द्रमा किशोरकुमार राई,२ सय २० परीक्षार्थी रहने बालसुवोधिनी संस्कृत मावि मेदिबुङमा युवराज बस्नेत,७० जना परीक्षार्थी रहेको सिँवा माध्यमिक बिद्यालय लिङखिममा ओमनाथ गौतम,१ सय २६ परीक्षार्थी रहेको युवावर्ष माध्यमिक बिद्यालय कैंजलेमा चन्द्रमणि पौडेल र ५५ परीक्षार्थी रहेको सिद्धकाली माध्यमिक बिद्यालय दोखुमा अम्बरकुमार राई केन्द्राध्यक्ष चयन हुनु भएको छ ।

यस्तै ९८ परीक्षार्थी रहेको जनता मावि हाङदेवामा रामबहादुर गुरुङ,१ सय ६ जना परीक्षार्थी रहेको मोति माध्यमिक खोक्लिङमा केवुहाङ लिम्बू,१ सय १२ परीक्षार्थी रहेको त्रिभुवन माध्यमिक बिद्यालय थुकिमामा कमल चेम्जोङ लिम्बू,१ सय २८ परीक्षार्थी रहेको सिनाम माध्यमिक बिद्यालयमा महेन्द्रप्रकाश गौतम र १ सय ६ जना परीक्षार्थी रहेको थेचम्बु माध्यमिक बिद्यालय थेचम्बुमा देउकुमार लिम्बू केन्द्राध्यक्ष तोकिनु भएको छ ।

यस्तै ९० परीक्षार्थी रहेको तेल्लोक माध्यमिक बिद्यालय तेल्लोकमा रुकमान थेबे,६२ परीक्षार्थी रहेको गणेश माध्यमिक बिद्यालय खेवाङमा रामकुमार लिम्बू,१ सय ३० परीक्षार्थी रहेको भञ्ज्याङ माध्यमिक बिद्यालय लिम्बूदिन परीक्षा केन्द्रमा राजेन्द्र ईदिङ्गो,१ सय ३४ परीक्षार्थी रहेको मैवाखोला माध्यमिक बिद्यालय ढुङ्गेसाँघुमा भक्तबहादुर लिम्बू,८८ परीक्षार्थी रहेको सरस्वती माध्यमिक बिद्यालय हाङ्पाङमा चन्द्रप्रसाद तामाङ,१ सय १२ परीक्षार्थी रहेको दुर्गा माध्यमिक बिद्यालय फुलवारीमा कूलप्रसाद भट्टराई र ५४ परीक्षार्थी रहेको सरस्वती माध्यमिक बिद्यालय तापेथोकमा चन्द्रमणि लिम्बू केन्द्राध्यक्ष तोकिनु भएको छ ।

ताप्लेजुङमा सबैभन्दा बढी परीक्षार्थी बालसुवोधिनी संस्कृत मावि मेदिबुङ केन्द्रमा र सबैभन्दा कम परीक्षार्थी सरस्वती माध्यमिक बिद्यालय तापेथोक केन्द्रमा रहेका छन् । सरस्वती माध्यमिक बिद्यालय तापेथोक यसबर्ष थप भएको परीक्षा केन्द्र हो । ताप्लेजुङमा यो बर्ष नियमिततर्फका १ हजार ६ सय ९५,ग्रेडबृद्धितर्फका ६९ र प्राविधिकधारतर्फका १ सय २६ गरी कूल १ हजार ८ सय ९० बिद्यार्थीले परीक्षा लेख्दैछन् ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts