ताप्लेजुङका प्रजिअ पौडेलको सरुवा,नयाँ प्रजिअमा आचार्य

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत ६ । गृह मन्त्रालयले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलको सरुवा गरेको छ ।

ताप्लेजुङको नयाँ प्रमुख जिल्ला अधिकारीमा जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्य सरुवा हुनु भएको छ ।

गृहमन्त्री रवी लामिछाने आए लगत्तै गृहले पौडेल सहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो । पाँचथर जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला अध्यागमन विभागको महानिर्देशक हुनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts