ताप्लेजुङ प्रशासन कार्यालयले चालू आवमा बिपद् प्रभावितलाई बाँड्यो १ करोड २२ लाख बढी रकम

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,चैत ५ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चालू आर्थिक बर्षको फागुन मसान्त सम्ममा बिपद् प्रभावितलाई १ करोड २२ लाख ८५ हजार रुपैयाँ बितरण गरेको जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी समेत रहनु भएका सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईका अनुसार चालू आवमा बिपद्बाट १९ घरधुरी पीडित भईसकेका छन् । प्रकोप व्यवस्थापन शीर्षकमा उक्त रकम बितरण भएको भट्टराईले जानकारी दिनुभयो ।

यस्तै द्धन्द प्रभावितका लागि राहत÷सामाजिक सुरक्षा र पुर्नस्थापनाका क्रममा १ लाख ८ हजार रुपैयाँ बितरण भएको प्रशासन कार्यालयले जनाएको छ । यो क्रममा ३ जनाले उक्त सुविधा लिएका छन् । प्रशासन कार्यालयले चालू आवको फागुन महिना सम्ममा ३ हजार ३ सय १२ जनाको राष्ट्रिय परिचय पत्रको विबरण दर्ता तथा ३ सय ३ थान राष्ट्रिय परिचय पत्रको कार्ड वितरण गरेको छ । चालू आवको फागुन मसान्त सम्ममा ५३ जनालाई नावालक परिचयपत्र बितरण गरिएको समेत प्रशासन कार्यालयले जनाएको छ ।

चालू आवमा २ हजार २ सय ३ थान नागरिकता बितरण गरेको प्रशासन कार्यालयले १ हजार ५ सय ८८ थान नागरिकताको प्रतिलिपि बितरण गरेको छ । २ हजार ५९ थान राहदानी बितरण तथा १ हजार ९ सय ८७ थान राहदानीको साधारण सिफारिस भएको समेत सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो । यस्तै २ सय ४६ जनालाई राहादानीको द्रुत सिफारिस प्रदान भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts