| |

सुविधायुक्त आधुनिक भवन निर्माण गर्न पहल सुरु

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २७ । ताप्लेजुङमा सुविधायुक्त आधुनिक सामुदायिक भवन निर्माण गर्न पहल सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङ बजार क्षेत्रमा सुविधायुक्त आधुनिक भवन निर्माण गर्नेगरी पहल थालिएको हो ।
जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख छिरिङ लामाका अनुसार सदरमुकाममा सुविधायुक्त आधुनिक भवन निर्माणका लागि पहल थालिने भएको छ । ठूलो सङ्ख्याको सहभागिता रहने सार्वजनिक वा अन्य कार्यक्रम सञ्चालन गर्न मिल्नेगरी सुविधायुक्त भवन निर्माणका लागि प्रक्रिया सुरु गरिने भएको जिल्ला समन्वय समिति प्रमुख लामाले बताउनुभयो ।
जिल्ला समन्वय समितिकै संयोजनमा आइतबार बसेको सरोकारवाला बैठकले सुविधायुक्त भवनको आवश्यकता रहेको औल्याउँदै निर्माणको पहल सुरु गर्ने निर्णय गरेको हो । सुविधायुक्त आधुनिक भवन हाल फुङ्लिङ नगरपालिका–५ वीरेन्द्रचौकस्थित सामुदायिक भवन (सिटी हल) रहेको ठाउँमा नै निर्माण गर्नेगरी पहल गरिने भएको लामाले बताउनुभयो ।
उहाँका अनुसार हालको सामुदायिक भवन र सँगै रहेका अन्य दुईवटा भवनसमेत भत्काएर नयाँ सुविधायुक्त आधुनिक भवन निर्माण गरिने भएको छ । नयाँ सुविधायुक्त भवन निर्माण गर्दा आवश्यक पर्ने बजेटका लागि आगामी आर्थिक वर्ष २०८१/८२ मा पहल गर्ने र बजेट प्राप्त भएमा तत्काल निर्माण कार्य सुरु गरिने भएको छ ।
भवन निर्माण गर्ने बजेट योजनामा समावेश हुनेगरी पहल गर्ने मुख्य जिम्मेवारी जिल्ला समन्वय समितिले गर्ने निर्णय पनि सरोकारवालाको बैठकले गरेको छ । यता भवन निर्माण गर्दा आवश्यक पर्ने र हाल प्रयोगमा रहेको बाटो अप्रयाप्त हुने भएकाले थप सहजीकरणका लागि फुङ्लिङ नगरपालिकासँग अनुरोध गरिने भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts