माओवादी ताप्लेजुङका नेता गौतम एमाले प्रवेश

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २३ । एमाले र माओवादी केन्द्र गठबन्धन बनाएर सत्तासमिकरणमा संगै जोडिईरहँदा यता ताप्लेजुङमा भने माओवादी केन्द्र निकट बिद्यार्थी संगठनका पूर्व केन्द्रीय सदस्य बिजय गौतम भने एमाले प्रवेश गर्नु भएको छ ।

एमाले ताप्लेजुङको १६ औं पूर्ण बैठकका क्रममा माओवादी केन्द्र ताप्लेजुङका जिल्ला कमिटी सदस्य गौतम एमाले प्रवेश गर्नु भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख तथा आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र(दीपेन)पोमूले जानकारी दिनुभयो ।

गौतम माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीका पूर्व जिल्ला अध्यक्ष समेत हुनुहुन्छ । गौतमलाई एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सांसद तिलकुमार मेन्याङ्वो,जिल्ला अध्यक्ष तथा संबिधानसभा सदस्य भूपेन्द्र थेबे सहितका नेताहरुले पार्टीमा स्वागत गर्नु भएको एमाले ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts