ताप्लेजुङको सिरिजङ्गाद्धारा पशुधन बीमा कार्यक्रम सुरु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पशुधन बीमा कार्यक्रम सुरु गरेको छ ।

गाउँपालिकाको चालू आर्थिक बर्षको बार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि तथा बाली बीमा कार्यक्रम अन्तरगत पशुधन बीमा कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मधुर नेपालीले जानकारी दिनुभयो । उहाँका अनुसार पशु बीमा गरेवापत कृषकले बीमाङ्कको २० प्रतिशत रकम व्यर्होनुपर्ने छ । थोरै बाहेक गाउँपालिकाले अनुदानको रकम सोझै गाउँपालिकाले बीमा कम्पनीलाई पठाउने भएको छ ।

बीमा गरेको पशुको ट्याङिग वापत प्राविधिक खर्च,जीवन बीमा वापतको खर्च र हुलाक टीकट मात्र पशुधनीले व्यर्होनुपर्ने नेपालीले जानकारी दिनुभयो । बीमा कार्यक्रममा सहभागी हुन चाहने पशुधनीले फागुन ३० गते भित्र पालिकाका सम्वन्धित वडामा आबेदन गरिसक्नुपर्ने गाउँपालिकाले जनाएको छ । आबेदकले पशुको संख्या तथा उमेर किटान गर्नुपर्ने छ भने कृषक समूह र कृषि सहकारीको हकमा बाँकी रकम व्यर्होने निर्णयको प्रतिलिपि समेत संलग्न राख्नुपर्ने भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts