ताप्लेजुङमा फागुन २६ गते ‘सिर्जना उत्सव’ कार्यक्रम हुँदै,२७ गते साहित्य परिसम्बाद हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन २३ । ताप्लेजुङमा फागुन २६ गते ‘सिर्जना उत्सव’ हुने भएको छ ।

कला साहित्ययात्रा २०८० अन्र्तगत यो बर्षको कार्यक्रम ताप्लेजुङमा हुने भएको हो । त्यसका लागि साहित्य,संगीत,सृजना र संस्कृति विज्ञहरु ताप्लेजुङमा भेला हुने भएका छन् ।‘मेरो राष्ट्र मेरो ध्येय’नारा सहित कार्यक्रम हुन लागेको स्थानीय सहयोगी कञ्चनजंघा साहित्यि प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

नेपाली साहित्य डट कम प्रतिष्ठानले फुङलिङ नगरपालिका र कञ्चनजंघा साहित्यि प्रतिष्ठानको सहयोग लिएर कार्यक्रम गर्न लागेको भट्टराईले बताउनुभयो । कार्यक्रमकैबीच बिभिन्न बिधामा सर्जक तथा विज्ञहरुलाई पुरस्कृत गर्ने कार्यक्रम समेत रहेको भट्टराईले जानकारी दिनुभयो । फागुन २७ गते भने साहित्य परिसम्वाद कार्यक्रम हुने भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts