|

ताप्लेजुङमा कबड्डी संघ गठन, अध्यक्षमा सेन्दाङ

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङमा पहिलो पटक कबड्डी संघ गठन भएको छ । सदरमुकाम फुङ्लिङमा सम्पन्न प्रथम भेलाले मदनकुमार सेन्दाङ अध्यक्ष रहेको ताप्लेजुङ जिल्ला कबड्डी संघ गठन गरेको हो ।
संघको ११ सदस्यीय जिल्ला कार्यसमितिको उपाध्यक्ष द्वयमा माया तामाङ र रामबहादुर गुरुङ, सचिवमा लेनिस खड्का, सहसचिव उदिप योङ्हाङ र कोषाध्यक्षमा रोजेश गुरुङ चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा सरस्वती लिम्बू, चित्रगुप्त अधिकारी, गजेन्द्रकुमार सामेखाम, विजयकुमार माबो र रुपनारायण घिमिरे रहनुभएको छ ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेल लगायतको उपस्थितिमा सम्पन्न भएको भेलाले कबड्डी संघको जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । ताप्लेजुङमा कबड्डी संघ गठन भएसँगै विभिन्न खेलकुद विधाका १० वटा संघ तथा संस्थाको सङ्ख्या पुगेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts