पाथीभरा मन्दिरमा पुगेर ‘मूच्र्छना’गीति संग्रहको विमोचन

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १८ । गीतकार टीका भट्टराई नेपालको पाँचौं कृति संग्रह‘मूच्र्छना’को ३ हजार ७९४ मिटर उचाईको ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा विमोचन गरिएको छ ।

साहित्य सर्जक तथा गीत सृजनाका उदाउँदा नक्षत्र ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले कृतिको विमोचन गर्नु भएको छ ।

नारायणगोपाल स्मृति प्रतिष्ठान बिर्तामोड झापाले आयोजना गरेको कार्यक्रमकाबीच कृति विमोचन भएको विमोचन कार्यक्रमका लागि पाथीभरा मन्दिर पुग्नु भएका कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

गीत संगीतमा प्रयोगमा आउने सातवटा अक्षर ‘सारेगमपधनिस’भित्र पर्ने आरोह अवरोहको संकेत भावको रुपमा ‘मूच्र्छना’ तयार गरिएको सर्जक भट्टराईले बताउनुभयो । ‘मूच्र्छना’गीति संग्रह हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts