|

सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै फोनिजले बुझायो स्मरणपत्र

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १५ । फोनिज ताप्लेजुङले सत्यनारायणबहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने माग राखेर मंगलबार स्मरणपत्र बुझाएको छ । बिहान सात दिनभित्र श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष घोषणा गर्नुपर्ने अल्टिमेटम (समय सीमा) सहितको स्मरणपत्र फोनिज शाखाले महासंघलाई बुझाएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का लेखा समिति संयोजक चन्द्र पन्दाक (प्रयास), केन्द्रीय सदस्य लोकेश लिबाङ लगायतको उपस्थितिमा पत्रकार महासंघ जिल्ला शाखामार्फत केन्द्रीय समितिलाई स्मरणपत्र बुझाइएको हो । महासंघका शाखा अध्यक्ष आनन्द गौतमलाई स्मरणपत्र बुझाएको फोनिज ताप्लेजुङका अध्यक्ष दिनेश लिङ्खिमले बताउनुभयो ।
इतिहास तथा तथ्य र प्रमाणका आधारमा पत्रकार महासंघका संस्थापक अध्यक्ष श्रेष्ठलाई कायम गर्नुपर्ने फोनिज संघीय समितिको कार्यक्रमअनुसार स्मरणपत्र बुझाएको लिङ्खिमले जानकारी दिनुभयो । स्मरणपत्र बुझ्नुहुँदै महासंघका शाखा अध्यक्ष गौतमले स्मरणपत्रबारे केन्द्रीय समितिलाई जानकारी गराउने र संस्थापक अध्यक्षको मुद्दा तत्काल टुंग्याउनुपर्नेमा जोड दिनुभयो ।
गलत इतिहास सच्याउन माग गर्दै संघर्षरत रहेको फोनिजले यसअघि २०७९ सालमा नै नेपाल पत्रकार महासंघलाई श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको थियो । सत्यनारायणबहादुर श्रेष्ठलाई संस्थापक अध्यक्ष कायम गर्नुपर्ने सोही मागलाई दोहो¥याउँदै फोनिजले पत्रकार महासंघलाई स्मरणपत्र बुझाएको हो । सात दिनभित्र श्रेष्ठलाई संस्थापक अध्यक्ष घोषणा नगरे देशभर पत्रकार महासंघको कार्यालयमा अनिश्चित कालीन तालाबन्दी गर्नेसहित सशक्त आन्दोलनमा उत्रनेसमेत फोनिजले चेतावनी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts