नेत्रज्योति संघ ताप्लेजुङले अघि सार्यो बृहत्त अक्षयकोषको अवधारणा,डाक्टर रुईतलाई नागरिक अभिनन्दनको तयारी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १२ । बिपन्न,असाहाय तथा आर्थिक अभावले आँखा उपचारको पहुँचमा पुग्न नसकेका आँखा रोगीहरुलाई आँखा स्वास्थ्य सेवामा केन्द्रित गर्ने उद्देश्य सहित नेपाल नेत्रज्योति संघ ताप्लेजुङले बृहत्त अक्षयकोषको अवधारणा अघि सारेको छ ।

स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन तथा आँखा उपचारको पहुँचमा आउन नसकेका व्यक्तिहरुलाई निःशुल्क आँखा उपचार सेवा प्रदान गर्न यस्तो अक्षयकोषको अवधारणा अघि सारिएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ । संघका जिल्ला उपसभापति खगेन्द्र अधिकारीका अनुसार अघि सारिएको अवधारणा अनुसारको बिस्तृत सम्भाव्यता अध्ययन गरी अक्षयकोष सञ्चालनको कार्यविधिको मस्यौदा समेत बनाईने भएको छ । त्यसका लागि शाखा सदस्य देवराज गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिका कोषाध्यक्ष निरोज श्रेष्ठ र सदस्य कुमार श्रेष्ठ सदस्य रहनु भएको छ । समितिलाई बिस्तृत सम्भाव्यता अध्ययन तथा अक्षयकोष सञ्चालनको कार्यविधिको मस्यौदा तयार गरी आउँदो चैत अन्तिम साता सम्ममा नेपाल नेत्रज्योति संघ ताप्लेजुङ समक्ष प्रतिबेदन पेश गर्ने जिम्मेवारी प्रदान भएको नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।

नेपाल नेत्रज्योति संघ ताप्लेजुङले अहिले सम्म बिभिन्न निकायसंग साझेदारी गरी कम्तिमा अर्धबार्षिक रुपमा आँखा स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ । बृहत्त अक्षयकोष निर्माण गरी यसबाट प्राप्त व्याजबाट बिपन्न,असाहाय तथा आर्थिक अभावले आँखा उपचारको पहुँचमा पुग्न नसकेका बिरामीको पहिचान गरी बार्षिक क्यालेण्डर अनुसार आँखा उपचारको पहुँचमा ल्याउन यस्तो अवधारणा अघि सारिएको नेत्रज्योति संघ ताप्लेजुङका सभापति राजकुमार गुरुङले जानकारी दिनुभयो । नेपाल नेत्रज्योति संघको बिधानको अधिनमा रही कोषमा सहयोगका लागि नेत्रज्योति संघले दाताहरुलाई आवह्वान गर्ने छ ।‘आँखा स्वास्थ्य सेवालाई प्रभावकारी,गुणस्तरीय,विश्वसनीय र आँखा स्वास्थ्य सेवालाई ग्रामीण तहसम्म बिस्तारका लागि यो अवधारणा अघि सारिएको हो’गुरुङले भन्नुभयो ।

यसैबीच,ताप्लेजुङमा फागुन १६ गतेबाट विश्व बिख्यात नेत्र रोग बिशेषज्ञ डाक्टर सन्दुक रुइतको उपस्थितिमा हुने तीनदिने निःशुल्क शल्यकृया सहितको आँखा शिविर सम्पन्न गर्न नेत्रज्योति संघ ताप्लेजुङले ४ उपसमिति गठन गरेको छ । नेत्रज्योति संघ ताप्लेजुङ मूल व्यवस्थापन समिति रहनेगरी ४ उपसमिति गठन गर्ने निर्णय भएको नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार आनन्द गौतमको संयोजकत्वमा खगेन्द्र अधिकारी र देवराज गुरुङ सदस्य रहेको प्रचार–प्रसार उपसमिति बनेको छ । यस्तै युवराज गिरी संयोजक रहेको अतिथि सत्कार उपसमितिमा ज्ञानबहादुर गुरुङ र मित्राकुमारी सुब्बा सदस्य रहनु भएको छ ।

सुरेशकुमार लामा संयोजक रहेको स्वयंसेवक परिचालन उपसमितिमा कुमार श्रेष्ठ र खगेन्द्र नेपाली सदस्य हुँदा निरोज श्रेष्ठ संयोजक रहेको आवास तथा खाद्य व्यवस्थापन उपसमितिमा वाङ्गे शेर्पा र काजीमान गुरुङ सदस्य हुनुहुन्छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङको समन्वयमा विश्व बिख्यात नेत्र रोग बिशेषज्ञ डाक्टर रुईतलाई फुङलिङमा नागरिक अभिनन्दन गर्ने तयारी समेत गरिएको छ । डाक्टर रुईत ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलामा जन्मिनु भएको हो । रुईतको उपस्थितिमा हुने निःशुल्क आँखा शिविरमा आँखाका सबै बिरामीले परीक्षण तथा उपचार गर्ने पाउने व्यवस्था गरिएको नेत्रज्योति संघ ताप्लेजुङले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts