ताप्लेजुङ प्रशासन कार्यालयद्धारा माघ महिनामा तीनथान बैबाहिक अंगीकृत नागरिकता प्रदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन ६ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले माघ महिनामा तीनजनलाई बैबाहिक अंगीकृत नागरिकता प्रदान गरेको छ ।

यो सहित अहिले सम्म ताप्लेजुङ प्रशासन कार्यालयबाट १ सय ८७ जनाले बैबाहिक अंगीकृत नागरिकता प्राप्त गरेको प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो । नेपालको संबिधान २०७२ को भाग (२) मा नागरिकता सम्वन्धी व्यवस्था उल्लेख गरिएको छ । जस अनुसार नेपालको नागरिकसंग बैबाहिक सम्वन्ध कायम गरेकी बिदेशी महिलाले चाहेमा संघीय कानुन बमोजिम अंगीकृत नागरिकता लिन सक्ने व्यवस्था गरिएको छ ।

संबिधान अनुसार बंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेका व्यक्ति,कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेको छ भने त्यस्तो व्यक्तिका सन्तान वालिग भएपछि उसलाई बंशजको आधारमा नेपाली नागरिकता प्रदान गर्न सकिने छ । यस्तै नेपाल भित्र फेला परेका पितृत्व र मातृत्व ठेगान नभएका प्रत्येक नावालक निजको बाबुआमा फेला नपरे सम्म बंशजको आधारमा नेपालको नागरिक ठहर्ने छ ।

संबिधानमा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबु पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नेपाली नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ । तर,बाबु बिदेशी नागरिक भएको ठहरेमा यस्तो व्यक्तिको नागरिकता संघीय कानुन अनुसार अंगीकृत नागरिकतामा परिणतहुने संबैधानिक व्यवस्था रहेको छ ।

अहिले सम्म तीनजनाले गैर आवासीय नागरिकता लिएका छन् । माघ महिनामा जिल्ला प्रशासन कार्यालयले ३ सय ६४ थान बंशजका आधारमा प्राप्त हुने नागरिकता बितरण गरेको छ । बंशजका नाताले अहिले सम्म १ लाख ८५ हजार ५ सय ७५ थान नागरिकता बितरण भएको प्रशासन कार्यालयले जनाएको छ । जन्मका सन्तानलाई बंशजका आधारमा भने ५ थान नागरिकता बितरण भएको समेत प्रशासन कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts