| |

ताप्लेजुङमा मनाइयो जनयुद्ध दिवस

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २ । ताप्लेजुङमा फागुन १ गते मंगलबार २९ औं जनयुद्ध दिवस मनाइएको छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिस्ट पार्टीले संयुक्तरुपमा जनयुद्ध दिवस मनाएका हुन् ।
जनयुद्ध दिवसका अवसरमा उक्त पार्टीले सदरमुकाम फुङ्लिङ बजारको वीरेन्द्रचोकमा मंगलबार साँझ दीप प्रज्ज्वलन गरी मनाएका हुन् । संघीय लोकतात्रिक गणतन्त्र स्थापना गर्न २०५२ साल फागुन १ गतेदेखि सुरु भएको महान् जनयुद्धको सम्झाना तथा सम्मानमा दिवस मनाइएको छ । दिवसमा गणतन्त्र स्थापना गर्न जनयुद्धमा जीवन बलिदान गर्ने शहीद, घाइते र बेपत्ताहरुलाई स्मरण पनि गरिएको छ ।
दीप प्रज्ज्वलनसँगै आयोजित कोण सभालाई नेकपाका केन्द्रीय सदस्य देव सी र माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य गंगाराम शंखरले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा वाईसीएलका जिल्ला अध्यक्ष कैलास माबोसहित युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts